काठमाण्डौ – उपचुनावको कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक सुरु भएको छ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले बताएको छ ।

२०८१ वैशाख १५ गते प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेश सभातर्फ बझाङ–१ ‘क’मा चुनाव हुदैछ ।

दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र त्यही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा चुनावका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ भने २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *