बर्दिया जिल्ला प्रशासन कार्यालयले केही समयदेखि बर्दिया जिल्लामा घटेका कानून विपरितका कार्यहरुमा समयमै सुचना उपलब्ध गराइ सचेत नागरिकको कर्तव्य निवाउन अनुरोध गरेको छ ।
हाल केही समयदेखि कथित संघ, संस्था वा अभियानको नाममा भ्रमपूर्ण/ धम्किपर्ण अभिव्यक्ति दिने, कानून विपरितका कार्य गर्ने/ गराउने नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंकिङ्ग तथा वित्तिय संस्थाहरु विरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाइ अपमान गर्दै लुकीछिपी विभिन्न प्रकारका दुर्व्यवहार गर्ने प्रयत्न भएको प्रति जिल्ला सुरक्षा समितिको ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरेको हो ।
“अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाइ कानूनको दायरामा ल्याउन तथा जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख्न हामी प्रतिवद्ध छौ ।” विज्ञप्तिमा भनिएको छ।
यस कार्यमा आ-आफ्नो तह, क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा अपराधिक मनोवृत्तीलाइ निरुत्साहित गर्न गराउन समयमा नै सुचना उपलब्ध गराइदिनहुन अनुरोध गरेको हो ।

