काठमाण्डाै – मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत अवस्थामा भेटिएका छन् ।
डीएसपी उपेन्द्र बस्याल धनपालथान गाउँपालिका–३ मा कार्यालय परिसरमा रहेको क्वार्टरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिनुभएको छ ।
