नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार उक्त सङ्ख्यामा निवेदन परेका हुन्।

महाशाखाका अनुसार निवेदन पर्नेहरुमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्ताेष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा.गोपाल प्रसाद भट्ट, नीरज गिरी, डा.केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रबिन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बीमल  कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्की छन्।

गत फागुन १६ गतेदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो । १५ दिनको म्याद राखेर अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको हो। इच्छुक नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनु पर्ने सूचना निकालिएको थियो । जुन बुधवार साँझ पाँच बजेपछि सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *