काठमाण्डाै – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा ती नेपाली नागरिकको मृत्यु पुष्टि भएको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्ति सार्वजनिक गरेको हो ।

ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो ।

सरकारले याेसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीकाे सङ्ख्या १९ जना पुगेकाे मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयाे । साथै रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ ।

रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *