काठमाण्डौँ — नेपाली बजारमा सुनको भाउ आज (शुक्रवार) तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँमा भएको कारोबार आज सुनको भाउमा तोलाको एक लाख २५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर सुनकाे भाउ अहिलेसम्मकै उच्च भएको थियो । आज चाँदीको भाउ स्थिर रहँदै हिजो जस्तै एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *