काठमाडौँ । प्रकृतिले भरिपूर्ण शहरपोखरालाई आज एक औपचारिक कार्यक्रम गरी देशको पर्यटकीय राजधानीका रुपमा घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम तय भएको हो । ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो ।आइतबार दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रममा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली निकालिनेछ। कार्यक्रममा वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।
साथै प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा. डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
महानगर प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिलगायत दिगो पर्यटन विकासमा टेवा पुग्ने बताए।
प्रकृतिले भरिपूर्ण पोखरा शहर आइतबार ‘पर्यटकीय राजधानी’ घोषित हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो ।
