काठमाडौँ । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ ।

हिजो बेलुका परेको चट्याङ लागेका घाइतेलाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका एक प्रहरी निरीक्षकले बताएका छन् ।