काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो । २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको हो ।