काठमाडौँ । डोल्पाको सामुदायिक वनमा लागेको डढेलोमा परेर नेपाली सेनाका चारजना गम्भीर घाइतेका भएका छन् । ठूलीभेरी नगरपालिका–३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन खटिएका आर्मीको टोलीमध्येका चारजना जलेर गम्भीर घाइतेका भएका हुन्।
आइतबार दिउँसो देखि वनमा लागेको डढेलो हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएपछि सोमबार देवीदत्त गुल्मबाट नेपाली सेनाको टोली डढेलो नियन्त्रणका लागि गएको थियो। सोहीक्रममा गुल्ममा कार्यरत सैनिक जवानहरू २८ वर्षीय हेमन्त रावत, २३ वर्षीय अशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लिन लागिएको र नेपालगञ्ज पनि सम्भव नभए काठमाडौंसम्म हेलिकप्टरमार्फत लगिने बताए ।
