बिहीबार विहान बाँकेको जानकी गाउँपालिका–६ पिपरहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ। हर्बल प्रालिको परिसरभित्र फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा बिहीबार बिहान ७ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको बाँके प्रहरीले जनाएको छ।

उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको र अहिले आगो नियन्त्रणमा आएको बाँके प्रहरीले बताएको छ । आगलागी नियन्त्रणमा बाँके प्रहरी प्रमुख, तुल बहादुर कार्कीको कमाण्डमा १ सय १४ जना प्रहरी सहित नेपाली सेना र सशस्त्रको गरी कुल १ सय ६४ जना सुरक्षाकर्मी खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *