काठमाडौँ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको हुनसक्ने आशंका गरिएको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण ताल फुटेको नभइ तालमाथि रहेको हिउँको ढिस्को झरेको हुनसक्ने बताइएको छ । सो ढिस्को झरेका कारण तालको पानी बाहिर निस्किएको आशंका गरिएको छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै चुमनुव्री, धार्चे गाउँपालिकाको तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जोखिम क्षेत्रमा सावधानी अपनाउन र स्थानीय प्रशासनलाई क्षतिको जोखिम आँकलन गरी बासिन्दालाई सतर्क गराउँदै आवश्यक तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

बाढी धेरै ठूलो छैन । वर्षामा आउने भेलजस्तै रहेको स्थानीयले बताएका छन् ।