काठमाडौँ । जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित रहेको होटल होलिडे एण्ड गेस्ट हाउसमा उनीहरु शव भेटिएको हो। उनीहरु दुवैजना उक्त होटलमा ४ दिनदेखि बस्दै आएका थिए।
मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर रहेका छन्। होटलको कोठामा मृत भेटिएकी महिलाको साढे २ वर्षीया छोरी भने जीवित अवस्थामा भेटिएको र उनीहरु दम्पती भने नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
