काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी लागेको छ। रुपन्देहीको सुनौलीबाट काठमाडौँतर्फ आइरहेको ना ४ ख ८६१७ नम्बरको मालवाहक ट्रकमा आज विहान आगो लागेको हो।

गर्मीको समयमा ट्रकमा रहेका रसायनहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ। आगो स्थानीय, सुरक्षाकर्मी र धुनिवेसी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगलागीका कारण केही समय राजमार्गमा दुबैतर्फ सवारी आवागमन रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *