काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भैरहेको छ । 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । पूर्वानुमान महाशाखाकाअनुसार लुम्बिनी प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *