काठमाडौँ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २८ जना सहसचिवहरूको सरुवा गरेको हो ।
हिजो भएको सरुवामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सहसचिव देवराज जोशीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ । त्यहाँका सहसचिव लिला प्रसाद शर्मा रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।
त्यस्तै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललितपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दाशको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ।
यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ।
