काठमाडौँ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा भइरहेको उपनिर्वाचनमा अहिलेसम्म क्रमश: २२ प्रतिशत र १५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार बिहान साढे ११ बजेसम्म २२ प्रतिशत तथा जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मध्याह्न १२ बजेसम्म १५ प्रतिशत मत खसेको जनाएको छ ।

दुबै स्थानहरुमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको बताइएको छ। जिल्ला निर्वाचन कार्यालय बझाङका सूचना अधिकारी गोरक केसीका अनुसार भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको बताउनु भएको छ ।

इलामको क्षेत्र नं २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । यहाँ ७९ मतदान स्थल र एक सय ४९ वटा मतदान केन्द्र छन् । त्यस्तै बझाङ प्रदेश सभा एक (क) मा ६१ हजार ७ सय ८४ मतदाता छन् । यहाँ ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेका छन् ।

बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *