काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि, युवा, सञ्चार र महिला मन्त्रालय अन्तर्गतका चार उपसचिवहरूको सरुवा गरेको छ ।
प्राप्त विवरण अनुसार युवा तथा खेलकुद मन्त्रालयमा दरबन्दी रही महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत ममता बास्तोलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मोहन निरौलालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् ।
यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको हो ।
