काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना बिहान ७ बजेबाट सुरु हुने भएको छ। शनिबार भएको चुनावमा माङ्सेबुङ, फाकफोक र चुलाचुली गाउँपालिकाको मतपेटिका ल्याउन ढिलाइ भएपछि आज बिहानबाट मतगणना हुन लागेको हो ।

मतगणनाका लागि आइतबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। मतगणनाका लागि शनिबारै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ।

शनिबार भएको मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको थियाे । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको छ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा छन् । एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *