काठमाडौँ । बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर-१ (क) मा हिजाे भएको उपनिर्वाचनमा छबिस पाथीभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८० मत प्राप्त गर्नुभएकाे छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले १ सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मत प्राप्त गर्नुभएको छ । यस्तै २८ मत बदर भएका छन् ।
एकै पटक दुई ठाउँमा मतगणना भइरहेको छ। शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९।१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
