काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा एक विद्यालयसहित १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । 

आगलागीबाट रंगिन नेपाल प्राथमिक विद्यालय समेत पूर्ण रुपमा जलेर ध्वस्त हुनुका साथै १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सानोकोटा गाउँमा रहेको सामुदायिक बनमा लागेको आगो बस्तीमा पुगेर विद्यालयसहित घरहरूमा क्षति पुगेको बताए।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । आगो दिउँसो लागेको कारण मानवीय, चौपया क्षति नभए पनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने विवरण प्राप्त नभएको उपाध्यक्ष मिम बहादुर वाइबाले बताए। 

सामुदायिक वनबाट फैलिएको आगलागीले बस्तीमा क्षति पुगेको उक्त स्थानमा सबैमा सहयोगका लागि स्थानीयहरूले अनुरोध गरिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *