काठमाडौँ । झापाको दमकमा एक विद्यार्थीमाथी गोली प्रहार भएको छ। हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली हानिएको हो ।

सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलीना अधिकारीलाई बाटो ढुकेर गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ । गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *