अमेरिकाकाे डिभीकाे नतिजा आज सार्वजनिक गरिने भएकाे छ । नेपालस्थित अमेरिकन राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हाे । 

दुतावासले लेखेकाे छ, “डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ।” वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएकाे छ ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर नतिजा निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको आफ्नो कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ । इडिभीकाे नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेकाे दूतावासकाे दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *