तनहुँको बन्दीपुर नगरपालिका-२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जनाएका छन् । अन्य चार जना भने सकुशल रहेको बताइएको छ । मृतक दुबैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उनले बताए ।
