काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कैलाली टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवम् अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरुद्ध गैरकानूनी रूपमा व्यक्ति विशेषलाई लाभ पुर्‍याइ राज्यलाई हानी पुर्‍याएको दाबी गर्दै मुद्दा दायर गरेको छ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा रसाइली र चन्दसहित मालपोत कार्यालय टीकापुरका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका सर्वेक्षक दशरथ मण्डल तथा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलकुमार रावल र विमलबहादुर रावलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सरकारी जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी २०६८ सालमा मालपोत कार्यालय टीकापुरबाट व्यक्तिको नाममा कायम गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *