काठमाडौँ । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्याएको थियो।
मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए।
