काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । हिजो  र आज तराई क्षेत्रसहित धेरैजसो ठाउँमा तापक्रम केही घटेको छ ।

आज देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

आज काण्ठमाण्डौ उपत्यकामा पनि दिउँसो पछि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।