कपिलवस्तु नगरपालिका – ३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कपिलवस्तु – ३ महिता चोक नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा रुपन्देहीको सैनामैना नगरपालिका – ५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको र मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताएका छन्।
घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए।
