नेपालमा याे वर्षकाे मनसुन प्रणाली आज भित्रिएकाे छ । जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली आज पूर्वी भूभागमा आगमन भएको जनाएको छ ।

जेठ २८ गते नेपालको कोशी प्रदेशको पूर्वी भूभागमा आगमन भएको महाशाखाले जनाएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा ३ दिन छिटो गरि नेपालमा मनसुन भित्रिएको हो ।

नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने महाशाखाले जनाएकाे छ।

यसैबीच मौसम विज्ञान विभागले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताएका छन् ।