दाङ तुलसीपुरमा पानी ट्याङ्कीमा डुबेर एक वृद्धाको मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी ७० वर्षीया शान्त कुमारी देवकोटाको घर नजिकैको पानी ट्याङ्कीमा डुबेर मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताए।

प्रहरी टोलीले शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको थापाले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।