चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गए राति १:३० बजेदेखि पहिरोका खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्डको पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५:३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।