काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो। कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

साथै कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न अनुरोध गरेको छ ।