प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले विश्वासको मत मागेका हुन् ।

सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *