आज २०८१ साल साउन ९ गते बुधबार सन् २०२४ जुलाई २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शनिबार, अर्थात साउन ५ गते, बनाएको रेकर्डलाई तोडेर, डलरले यस दिन नयाँ रेकर्ड बनाएको हो।
यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ २१ पैसा पुगेको छ भने खरिददर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि गत शनिबार १३४ रुपैयाँ १७ पैसा (बिक्रीदर) पुगेर डलरले रेकर्ड बनाएको थियो।
यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ १९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८४ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९१ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा रहेको छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८० पैसा रहेको छ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा रहेको जनाएको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
