नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
साउन १७ गते बसेको एमाले सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्षमा, मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाइ दुईजना स्थायी कमिटी सदस्यमा तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी),रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) ,गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
त्यसैगरी भरदेव जोशी (दार्चुला) ,हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर),सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।

