भारतमा हुने लिजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् ।

भारतमा जारी अक्सनमा लिजेण्ड्स लिगमा आज भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख ५ हजार भारतीय रुपैयाँमा बोली लगाएको हो । सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु छन् ।

जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् । तेस्रो संस्करणको लिजेण्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुनेछ ।

पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत रहेका छन् । यस लिगमा सुरेश रैना, इशुफ पठान, हरभजन सिंह, रोविन उथप्पा लगायतका खेलाडीहरु रहेका छन् ।

पारस लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए । पहिलो संस्करणको लिग कतारमा भएको थियो ।

पारसले ३ वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्न्यास लिएका थिए।