वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।
उक्त स्थानमा खसेको पहिरो पन्छाइएको र यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उनले अहिले हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको बताए ।
