साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आइतबार छ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम भएको छ।

सोमबार सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँ थियो। यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

यस्तै आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर एक हजार ९०५ रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *