प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच हिजो बेलुका राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै क्षतिपूर्ति दिनुपर्ने विषय उठाएका हुन्।
नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले पेरिस सम्झौताअनुसार स्थापित विश्वका विकसित देशले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई भने उनले असोज १० गते सम्बोधन गर्नेछन्।
