प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन्। आज उनले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संयुक्त सरकारको सय दिने उलपब्धि सार्वजनिक गरेका हुन्।
‘प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा त बनायो, तर सम्हालिदै अघि बढ्यो’, उनले भने, ‘लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरू दूधको भुक्तानी नपाएर कठिनाइमा थिए । बितेको सय दिनमा, लगभग १५ लाख दूग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो ।’
ओलीले करिब ७५ हजार उखु किसानहरूले वर्षौँदेखि पसिनाको मूल्य पाउन नसकेको अवस्थामा सरकारले अनुदान वापतको भुक्तानी दिइसकेको पनि बताए ।
उनले लामो समयदेखि गिरेकाे शेयर बजार प्राकृतिक विपत्तिको प्रतिकुलताको बीचमा पनि प्रगतिकाे लयमा फर्कनुलाई सरकारकाे उपलब्धिकाे रुपमा लिएका बताए।
प्रधानमन्त्री ओली सरकारले सार्वजनिक गरेका सय दिनका उपलब्धिहरु
