पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।
समितिले आइतबार सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ को अनुसूची- १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरेको छ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने बताइएको छ।
