काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो।

रास्वपाकी श्रेष्ठले २ हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत पाएर दोस्रो भएका छन् । कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएर तेस्रो भए।

यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो। काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *