काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।  

बिहान ६ बजेर ५२ मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो।भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।