आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै छन्। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुरू हुनेछ।
च्याम्पियन्स ट्रफीमा यी दुई टोली सन् २००९ पछि पहिलो पटक आमनेसामने हुन लागेका हुन्।
फाइनलका लागी अर्को सेमिफाइनल खेल भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन्।
समुह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्। समुह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए।
च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ। यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ।
