काठमाडौँको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ। थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुटेको हो। पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ।

पाइप के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागि नसकेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ। अहिले सडक एकतर्फी रुपमा सञ्चालन गरी पाइप मर्मतको काम भइरहेको छ। यसअघि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यलय जलमग्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *