प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री तामाङलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। उनी साउन १८ मा नियुक्त भएका थिए।
