तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको बा ५७ प ६१६६ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बोहराको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *