सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङमा साथीले बोकेको भरुवा बन्दुक पड्किदा २५ वर्षका कुमार लिम्बूको ज्यान गएको बताए।
जङ्गलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुककाे गाेलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।
