ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ। हिजो दशरथ रङ्गशालामा भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

ललितपुरले ४२ औं मिनेटमा अग्रता बनायो। मनोज राईको क्रसलाई होलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे। तर उनी सफल नहुँदा इमोह इजाकियलको गोल गरे। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।

खेलको ६३ औं‌ मिनेटमा पोखराले खेललाई १-१ को बराबरीमा पुर्यायो पदम भट्टराईको क्रसमा स्टेफन समिरको हेडरलाई ललितपुरका गोल किपर जेफ्री बाल्टसले ब्लक गरे। तर रिबाउन्डमा क्लोज रेन्जबाट गोल गर्न सफल रहे।

खेलको ७४ औं मिनेटमा पोखराका डिफेन्डरहरूले क्लियर गर्ने नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरे। त्यसपछि पोखरा खेलमा फर्कन नसक्दा ललितपुर २–१ ले विजेता बन्यो।

उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ।

तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए। पोखराले पहिलो पटक फाइनल खेलेको हो। ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *