नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो।

खाना पकाउने एपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ ७० पैसा घटेर आए पनि निगमले यहाँ यथावत राखेको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएर १२१ कायम गरिएको छ।

नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५.५० ,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२.५० ,दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *